तीज नजिकिएसँगै दिनदिनै सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य १६०० रुपैयाँ घटेको हो ।

महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सोही सुनको मूल्य तोलामा १ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको थियो । तिज नजिकिएसँगै सुनको मूल्य घट्दै गइरहेको छ ।

यसैबीच चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा २ हजार ३०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा २ हजार २२५ रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया