नेप्से २५.७१ अङ्कले बढ्दा शेयर बजारमा ९ अर्ब माथिको कारोबार


काठमाडौं – साताको पहिलो दिन आइतबार नै नेप्से परिसूचक २५.७१ अंकले उक्लिएर २ हजार ६५७.६१ बिन्दुमा पुगेको छ । बढेको बजारमा आज कूल २१२ कम्पनीको ८९ हजार ८६० पटकको व्यापारमा एक करोड ८१ लाख ७३ हजार ३७८ कित्ता शेयर कारोबार भएको छ ।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बृद्धि भएको छ । आज कारोबार अवधिभर कूल ९ अर्ब ६८ लाख बराबरको शेयर कारोबार भएको हो । यस्तै होटल तथा पर्यटन समूहको परिसूचक ०.८४ प्रतिशत, लगानी समूहको २.३५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ०.१५ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.८६ प्रतिशत र व्यापारिक समूहको परिसूचक ४.३९ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बृद्धि भएको छ ।

नेप्सेको अनुसार आज निर्जीबन बीमा समूहको परिसूचक सर्वाधिक बढेको छ । यस समूहको परिसूचक ३.९७ प्रतिशतले बृद्धि हुँदा जीवन बीमा समूहको परिसूचक भने ०.८९ प्रतिशतले मात्रै बढेको छ । यसैगरी बैंकिङ समूहको परिसूचक ०.८१ प्रतिशत, वित्त समूहको ३.६६ प्रतिशत, जलविद्युत समूहको १.५० प्रतिशत, लघुवित्त समूहको ०.४७ प्रतिशत र अन्य समूहको परिसूचक ३.४१ प्रतिशतले बढेको हो ।

त्यस्तै, राधी विद्युत कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । आइएमई जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् ।

प्रतिक्रिया