
नेपालले दियो १८१ रनको लक्ष्य
काठमाडौं – अस्ट्रेलियामा जारी टप इण्ड टी–२० सिरिजको चौथो खेलमा नेपालले होबर्ट हुरिकेन्सलाई १८१ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै उक्त लक्ष्य प्रस्तुत गरेको हो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाएका थिए भने आशिफ शेखले २९ रन बनाउँदा कुशल भुर्तेलले २७ रन बनाए । त्यस्तै लोकेश बलमे नटआउट २५ रन बनाउँदा भिम सार्कीले १८ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ९ रन बनाए भने यसअघिका खेलमा जमेका कुशल भुर्तेल ६ रनमा आउट भए । नेपालका लागि करण केसीले १ रन बनाउँदा नन्दन यादव पनि १ रनमै नटआउट रहे ।
नेपालले ३१ रन अतिरिक्त रन पाएको थियो ।
यसअघि तेस्रो खेलमा नेपाल हिजो मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो।
त्यसअघि बङ्गलादेश ‘ए’ र आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग नेपाल पराजित भइसकेको छ।
११ टोली सहभागी प्रतियोगितामा ११ वटा टोली छन्।



कागजपत्र |
