
तीन दिनको निरन्तर वर्षापछि मुम्बईमा सडक र यातायात प्रभावित
काठमाडौं- भारतीय मौसम विज्ञान विभागले सोमबार मुम्बई र वरपरका क्षेत्रहरूमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ।
विगत तीन दिनदेखि निरन्तर वर्षा भएका कारण विभिन्न क्षेत्रमा पानी जमेको र सडक यातायात प्रभावित भएको छ।
भारी वर्षाको चेतावनीका कारण बृहन्मुम्बई महानगरपालिकाले (बीएमसी) सबै स्कूल र कलेजहरू बन्द गर्ने निर्णय गरेको छ। साथै, बीएमसीले नागरिकहरूलाई आवश्यक परेको अवस्थामा मात्र घरबाट बाहिर निस्कन अपील गरेको छ।
भारतीय मौसम विभाग (आईएमडी) का तथ्याङ्क अनुसार सोमबार बिहान ८:३० देखि ११:३० बजेसम्म मुम्बईका विभिन्न क्षेत्रमा भारी वर्षा भएको रेकर्ड गरिएको छ।



कागजपत्र |
