अवरुद्ध महाकाली राजमार्ग सञ्चालनमा


खलंगा (दार्चुला)- पहिरोले अवरुद्ध भएको महाकाली राजमार्ग सञ्चालनमा आएको छ।आइतबार रातिको अविरल वर्षाका कारण राजमार्गअन्तर्गत गोकुलेश्वर-दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका-३ तेर्छालेक र शैल्यशिखर नगरपालिका-६ को रनेबासमा पहिरो खसेको थियो।

पहिरो पन्छाइएसँगै राजमार्ग बिहान ११ बजेपछि सञ्चालनमा आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए।

राजमार्ग खुलेसँगै बन्द रहेको सवारी आवागमन सञ्चालनमा आएको छ। सवारी साधन सञ्चालन आएसँगै अलपत्र यात्रु पनि आ-आफ्नो गन्तव्यतर्फ लागेका प्रहरीले जनाएको छ।

sharethis sharing button

प्रतिक्रिया