टप एण्ड टी–२०ः तेस्रो खेलमा पनि हार्यो नेपाल


काठमाडौं — अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी—२० शृंखलामा नेपालले लगातार तेस्रो हार ब्यहोरेको छ । मेलबर्न स्टार्स एकेडेमीसँग सम्पन्न खेलमा नेपाल ३१ रनले पराजित भएसँगै हालसम्म खेलेका तिनवटै खेलमा पराजित भएको हो ।

डार्विनस्थित टिआइओ रंगशालामा टस जितेर ब्याटिङ रोजेको मेलबर्नले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७५ रनको योगफल तयार पारेको थियो ।

१७६ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएपछि नेपालले हार ब्यहोरेको हो ।

नेपालका लागि आशिफ शेखले ५३ रनको पारी खेलेका थिए भने कप्तान रोहित पौडेलले ३३ रन बनाएका थिए ।

कुशल भुर्तेल २५, कुशल मल्ल ११ रनमा आउट हुँदा आरिफ शेख आठ रनमा अविजित रहे। मेलबर्नका अस्टिन एन्लेजार्क र डग वारेनले समान दुई विकेट लिए।

त्यसअघि मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले ४७ बलमा सात चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७४ रनको योगदान गरे । यसैगरी थोमस रोजर्सले ४६ बलमा सात चौका र एक छक्कासहित ६५  र साम हार्परले अविजित ११ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र शाहब आलमले समान एक विकेट लिए ।

 

प्रतिक्रिया