
ढुंगासहितको पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवन— नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गतको तुइन पुलमा ढुंगासहितको पहिरो खस्दा राजमार्ग अवरूद्ध भएको छ।
तुइन पुलनजिकै आइतबार बिहान करिब ४ बजेतिर ढुंगासहितको पहिरो खसेर दुवैतर्फी सडक अवरूद्ध भएको भरतपुर सडक डिभिजनले जानकारी दिएको छ।
‘बिहान ४ः०० बजेतिर मुग्लिन–नारायणगढ सडक खण्डको तुइन पुलनजिकै माथिबाट ढुंगा सहितको पहिरो जाँदा आवागमन दुईतर्फी नै अवरुद्ध भएको छ। पहिरो हटाउनको लागि डिभिजनबाट मेसिन उपकरण सम्बन्धित स्थानमा पुगिसकेको छ,’ भरतपुर सडक डिभिजनले जानकारी दिएको छ।
सडक डिभिजन कार्यालयले पहिरो पन्छाउन दुई–तीन घन्टा लाग्ने पनि जानकारी दिएको छ।



कागजपत्र |
