भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु


हेटौंडा- मकवानपुरको भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु भएको छ ।

शनिबार बिहान  एक्कासी बिरामी भएका चितवनका ४३ वर्षीय विष्णुप्रसाद दुलालको उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख सुवास पौडेलले  बताए ।

उनलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जेलर पौडेलले बताए ।

दुलालको मृत्युको कारण खुलिसकेको छैन । अस्पतालमा शवको पोष्टमार्टम हुन लागेकाले त्यसपछि मात्रै कारण पत्ता लाग्ने उनको भनाइ छ ।

प्रतिक्रिया