मनोहरा किनारकाे सुकुम्वासी बस्तीमा महानगरकाे डाेजर


काठमाडौं — काठमाडौं महानगरपालिकाले मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा डोजर सञ्चालन गरेको छ।

शुक्रबार महानगरीय प्रहरीको टोलीसहित पुगेको महानगरले बस्तीभित्र हालसालै निर्माण गरिएका नयाँ भौतिक संरचना हटाएको हो।

महानगरले अवैध रूपमा थपिएको संरचना नदी किनार संरक्षण र सार्वजनिक भूमि व्यवस्थापनका क्रममा हटाइएको जनाएको छ।

प्रतिक्रिया