
नागढुंगा सुरुङमार्ग छिर्न ६० देखि ६०० रुपैयाँसम्म, कुन सवारीसाधनले कति तिर्नुपर्छ?
काठमाडौं – सरकारले नागढुंगा सुरुङमार्गको प्रयोगको दस्तुर निर्धारण गरेको छ ।
मन्त्रीपरिषद् बैठकले नेपालकै पहिलो सुरुङमार्गको रुपमा लिइएको नागढुंगा–दहचोक सुरुङ मार्ग प्रयोग गरेबापत उपभोक्ताले तिर्नुपर्ने दस्तुर निर्धारण गरेको हो ।
मन्त्रीपरिषद्को निर्णयअनुसार सो सुरुङमार्ग प्रयोग गरेबापत कार/भ्यानहरुले काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ तिर्नुपर्ने छ भने मिनी बस/ट्रकले काठमाडौंतर्फ आउँदा ११५ र जाँदा ८० रुपैयाँ तिर्नुपर्ने छ ।
त्यस्तै बस ट्रकले काठमाडौं आउँदा २६० र फर्कँदा २०० तिर्नुपर्ने निर्णय भएको छ भने भारी उपकरणको सवारी साधनले काठमाडौं आउँदा ६०० र फर्कँदा २५० रुपैयाँ तिर्नुपर्ने निर्णय गरेको छ ।



कागजपत्र |
