भारत अघि चीन जाँदै प्रधानमन्त्री ओली


काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन् ।

सांघाइमा आयोजना हुने विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली भदौ दोस्रो साता चीन जाने भएका हुन् ।

शिखर सम्मेलन अगस्ट ३१ र सेप्टेम्बर १ मा तियानजिन शहरमा आयोजना हुँदैछ ।

सोही शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुँदैछन् ।

सोहि क्रममा राष्ट्रपति सी जिनङ र मोदीसँग प्रधानमन्त्री ओलीको भेट हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

शांघाई सहयोग संगठन (एससीओं) क्षेत्रीय स्थीरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले सन् २००१ मा यसको स्थापना भएको थियो ।

एससीओमा चीनसहित काजकस्तान, किर्गिस्तान, ताजकिस्तान, इज्वेकिस्तान, रुस, भारत, पाकिस्तान, इरान र बेलारुस गरी१० देशहरु सदस्य छन् ।

नेपाल सन् २०२० देखि यो संगठनको सम्वाद साझेदार बनेको थियो ।

प्रधानमन्त्री ओलीका भदौ ३१ गते भारत भ्रमण जाने तय भइसकेको छ । सोभन्दा अगाडी नै चीन जाने तय भएको हो ।

 

 

प्रतिक्रिया