‘मिस्टर नेपाल २०२५’ मा कञ्चनपुरका निशान्त बुढाऐर


कञ्चनपुर- कृष्णपुर नगरपालिका- ७, कलुवापुरका निशान्त बुढाऐर पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल २०२५’ मा सहभागी भएका छन्।

यस प्रतियोगितामा सहभागीहरूले आफ्नो व्यक्तित्व, शारीरिक फिटनेस, बौद्धिक क्षमता र सामाजिक उत्तरदायित्व प्रदर्शन गर्ने अवसर पाउँछन्। प्रतियोगिताको मुख्य उद्देश्य प्रतिभाशाली र जिम्मेवार युवालाई पहिचान गर्नुका साथै स्वास्थ्य, फिटनेस र अनुशासनको महत्व समाजमा प्रवर्द्धन गर्नु हो।

‘मिस्टर नेपाल’ मा सहभागीहरू सामाजिक तथा सांस्कृतिक प्रतिनिधित्व गर्ने भएकाले यसले समाजमा सकारात्मक प्रभाव पार्ने गरेको छ।

यो प्रतियोगिताले नेपालमा पुरुष सौन्दर्य र फिटनेसप्रतिको नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ। धेरै युवाले यसलाई स्वस्थ जीवनशैली, आत्मअनुशासन र नेतृत्व क्षमताको प्रतीकका रूपमा हेर्न थालेका छन्। साथै, यसले पुरुषहरूलाई आत्मविकास, सामाजिक संलग्नता र अन्तर्राष्ट्रिय स्तरमा अवसर खोज्न प्रेरित गरेको पाइएको छ।

 

प्रतिक्रिया