
भारतले नेपालबाट थप २०० मेगावाट विद्युत् आयात गर्न अनुमति दियो
काठमाडौं – भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको छ। यसअघि भारतले नेपालबाट ८१०.९ मेगावाट विद्युत् आयात गर्न स्वीकृति दिएको थियो भने अब कुल १०११ मेगावाट विद्युत् निर्यातको बाटो खुलेको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार, थप अनुमति प्राप्त २०० मेगावाट विद्युत् निर्यातको म्याद ३१ अक्टोबर २०८२ सम्म कायम रहनेछ। यो विद्युत् लिखु-२, लिखु खोला ए, लोअर सोलु, ठुलो खोला र सुपर काबेली खोलाबाट उत्पादन गरिनेछ।
नेपालले हाल बंगलादेशलाई समेत ४० मेगावाट विद्युत् निर्यात गरिरहेको छ जससँगै कुल स्वीकृत विद्युत् निर्यात क्षमता १०५०.९ मेगावाट पुगेको छ।
गत आर्थिक वर्षमा नेपालले भारतलाई विद्युत् निर्यातबाट १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो। यस वर्ष थप स्वीकृति पाएपछि विद्युत् निर्यात दोब्बर हुने अपेक्षा प्राधिकरणले व्यक्त गरेको छ।
यसले नेपालका जलविद्युत् आयोजनाको उत्पादन क्षमता र विद्युत् निर्यात क्षमतामा वृद्धि गर्दै आर्थिक लाभ पुर्याउने अनुमान छ।



कागजपत्र |
