१३ सय रूपैयाँ प्रतितोलाले घट्यो सुनको मूल्य


काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ कारोबारमा कारोबार भइरहेको छ ।

हिजो सुनको मूल्य १ लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया