
राहुल गान्धीसहित ३० सांसद पक्राउ
नयाँदिल्ली – निर्वाचन आयोगले मतदाता नामावलीमा धाँधली गरेको भन्दै नयाँदिल्लीमा विरोध प्रदर्शन गर्ने भारतीय विपक्षी दलका सांसदहरूलाई प्रहरीले पक्राउ गरेको छ। कांग्रेस नेता राहुल गान्धीसहित ३० भन्दा बढी सांसदहरू गिरफ्तार भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
निर्वाचन आयोगको कार्यालय अगाडि प्रदर्शन गर्न आएका सांसदहरूलाई प्रहरीले धरपकड गरेको हो। विपक्षीहरूले निर्वाचन परिणाममा तोडमोड गरिएको र सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)सँग मिलेर मत चोरी भएको आरोप लगाएका छन्।
पक्राउ परेपछि राहुल गान्धीले पत्रकारसँग भने, “यो लडाइँ राजनीतिक होइन, संविधान बचाउनको लागि हो। सत्य देशका सबै नागरिकका अगाडि छ।”
विरोध कार्यक्रममा राहुल गान्धीसँगै प्रियंका गान्धी, डिम्पल यादव, महुवा माजी, सञ्जय राउत, रणदीप सुरजेवाला र केसी वेणुगोपालजस्ता विपक्षी सांसदहरू सहभागी थिए।
दिल्ली प्रहरीका डीसिपी देवेश कुमारका अनुसार निर्वाचन आयोगले करिब ३० जना सांसदलाई मात्रै भेट्ने अनुमति दिएको थियो, तर सो भन्दा बढी सांसदहरु आएपछि प्रहरीले पक्राउ गरेको हो।



कागजपत्र |
