वालिङमा जीप दुर्घटना हुँदा ३ जना घाइते


स्याङ्जा – वालिङ नगरपालिकामा जीप दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। शनिबार साँझ वालिङ बजारबाट वालिङ नगरपालिका–१२ लाम्पाते जाँदै गरेको लु १ च ६२५३ नम्बरको जीप वालिङ- १४ को छोरेखर्कमा दुर्घटनामा परेको हो।

दुर्घटनामा वालिङ-१२ का २२ वर्षीय सागर सुनार र ३८ वर्षीय ओविन गोतामे तथा चालक देवदह नगरपालिका- २ खैरेनीका मदन पुरी घाइते भएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए।

जीप सडकबाट २५ मिटर जती तल झरेको वालिङ नगरपालिका- १४ का वडाध्यक्ष बोधराज कुँवरले जानकारी दिए। घाइतेमध्ये दुई जनाको वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा उपचार भइरहेको छ। एक जनालाई थप उपचारका लागि राति नै पोखरा पठाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया