
चितवनमा ४५ कन्सल्टेन्सी बन्द गर्न प्रशासनको निर्देशन
चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले ४५ वटा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण संस्था (कन्सल्टेन्सी) बन्द गर्न जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको छ। प्रशासनले बिहीबार सूचना जारी गर्दै ती संस्थाहरूमाथि आवश्यक कारबाहीको लागि निर्देशनसमेत दिएको हो।
गत आइतबार प्रशासनले तीन दिनभित्र शिक्षा विकास तथा प्रविधि मन्त्रालय र बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त अनुमति पत्र तथा सम्बन्धित कागजात पेस गर्न सूचना प्रकाशित गरेको थियो। तर, तोकिएको समयभित्र आवश्यक कागजात नबुझाउने र पटक–पटक सूचना दिए पनि अटेर गर्ने ४५ संस्थाहरूमाथि बन्दसहित कारबाहीका लागि प्रहरीलाई पत्र पठाइएको हो।
जिल्लामा हाल सयभन्दा बढी कन्सल्टेन्सी सञ्चालनमा रहेको जनाइएको छ।





कागजपत्र |
