खुकुरी हानेर दाजुले गरे भाइको हत्या


ताप्लेजुङ – ताप्लेजुङमा खुकुरी प्रहार गरी दाजुले आफ्नै भाइको हत्या गरेका छन् ।

आठराई त्रिवेणी गाउँपालिका–४ चागेमा शुक्रवार राति दाजुभाइबीच सामान्य वादविवाद हुँदा दाजुले भाइलाई खुकुरी प्रहार गरेका थिए ।

दाजुले प्रहार गरेको खुकुरीले भाइको मृत्यु भएको वडाध्यक्ष अर्जुन लिम्बुले जानकारी दिए ।

२२ वर्षका मनकुमार बिकले घरायासी बिषयलाई लिएर सामान्य विवाद हुँदा आफ्नै भाइ वर्ष २० का रोशन बिकको हत्या गरेको जिल्ला प्रहरी प्रमुख वेद प्रसाद गौतमले जानकारी दिए ।

दाजुले धारिलो खुकुरीले भाइको पेटमा प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना थाहा पाउना साथ इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली घटनास्थल पुगेर राति १०ः३० बजे खुकुरी प्रहार गर्ने दाजु मनकुमार बिक र खुकुरी नियन्त्रण लिएको छ ।

आरोपित विकलाई अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया