
किन जान लागिन् राष्ट्रपति भण्डारी डल्लुस्थित खनाल निवासमै ?
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेट्न उनको निवास जाने भएकी छिन् ।
मृगौलामा समस्या देखिएपछि भारतमा उपचार गराई फर्किएका झलनाथ त्यसपछि सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् । पछिल्ला दिनमा उनको स्वास्थ्यस्थित सुधारात्मक तर स्थिर भएको जनाइएको छ ।
राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्यस्थित बुझ्ने भन्दै खनालको डल्लुस्थित घरमा नै भेट्न जाने बताइएको छ ।
राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्यस्थिति बुझ्नसँगै पछिल्लो समयमा एमालेभित्र देखिएको विवादका बारेमा पनि जानकारी लिनसक्ने स्रोतले जनाएको छ ।



कागजपत्र |
