
प्रधानमन्त्रीले आकाशबाट हेरे मधेशका सुक्खा क्षेत्र
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेश प्रदेशका सुक्खाग्रस्त क्षेत्रहरूको हवाई अवलोकन गरेका छन्।
नेपाल सरकार (मन्त्रिपरिषद्) को साउन ७ गते बसेको बैठकले आगामी तीन महिनाका लागि मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो।
लगातार वर्षा हुन नसक्दा धान रोपाइँ प्रभावित भएपछि उत्पन्न समस्यालाई समाधान गर्ने उपायबारे प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकारका पदाधिकारीहरू र उच्च तहका अधिकारीहरूसँग छलफल गरेका थिए।
शुक्रबार महोत्तरी र बारामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीले सोही अवसरमा हेलिकोप्टरबाट सुक्खाग्रस्त क्षेत्रहरूको निरीक्षण गरेका हुन्।




कागजपत्र |
