

आज एकैपटक देशभरका १६५ सडकको शिलान्यास हुँदै

काठमाडौ – देशभर एकैदिन १ सय ६५ वटा सडक शिलान्यास हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गर्ने भएका हुन् ।
सबै संघीय निर्वाचन क्षेत्रमा एक एक वटाका दरले सडक शिलान्यास गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुवाटारबाट बिहान ११ बजे शिलान्यास गर्ने कार्यक्रम छ ।
‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ नाम दिइएका यी सडक प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिस गर्नुभएको छ । निश्चित क्राइटेरियाका आधारमा सबै प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिस गरेका सडकहरु छनौट भएका छन् ।
यसअघि देशभरका ३५३ स्थानीयतहमा अस्पतालहरुको शिलान्यास एकै दिन भएको थियो ।

