जहाँ ५०० रुपैयाँ तिरेर कार्ड बनाएपछि मात्रै मदिरा पिउन पाइन्छ


बाजुरा- बाजुराको गौमुल गाउँपालिकाले मदिरा बिक्री तथा सेवन नियन्त्रण गर्न ‘मदिरा कार्ड प्रणाली’ लागू गरेको छ । २०७५ सालमा लागू गरिएको यो प्रणालीमार्फत मदिरा बिक्री र सेवन गर्नेको तथ्याङ्क राख्ने व्यवस्था गरिएको हो ।

अध्यक्ष हरिबहादुर रोकायाले नेतृत्व गरेको यो अभियानले पहिलो तीन वर्षमा उल्लेख्य सफलता पाएको थियो । सामाजिक अशान्ति, महिला हिंसा र झैँ–झगडामा कमी आएको थियो । तर पछिल्ला वर्षमा कार्यान्वयन कमजोर भएको जनप्रतिनिधिहरूको स्वीकारोक्ति छ ।

मदिरा पसल खोल्न वार्षिक ‘पट्टा’ आवश्यक छ भने सेवनकर्ताले ५०० रुपैयाँ तिरेर कार्ड बनाउनुपर्छ । तोकिएको समय (साँझ ६–९) र परिमाण (१८० एमएल) अनुसार मात्र मदिरा लिन पाइन्छ ।

नियम उल्लङ्घन गर्ने पसलेलाई १० हजार रुपैयाँ र उपभोक्तालाई २ हजार रुपैयाँ जरिबाना तोकिएको छ । तर हाल व्यापारीले चोरी–छिपी बिक्री गर्ने, जनप्रतिनिधिको उदासीनता र कोरोना महामारीले अभियान फितलो बनाएको पाइएको छ ।

गाउँपालिकाले यस अभियानलाई पुनः प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको भन्दै अब कडाइका साथ लाग्ने योजना बनाएको छ ।

प्रतिक्रिया