नेप्सेमा सामान्य सुधार, कारोबार रकम साढे २१ अर्ब नजिक


काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार सामान्य सुधार देखिएको छ। सूचकमा हल्का वृद्धि भए पनि कारोबार रकम भने उच्च स्तरमा पुगेको छ।

नेप्सेका अनुसार, आज नेप्से परिसूचक ०.३२ अंकले बढेर २,८७०.९५ विन्दुमा पुगेको छ।

दैनिक कारोबारी विवरणअनुसार, आज ३१६ कम्पनीका ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर १ लाख ७८ हजार १७६ पटक किनबेच हुँदा कुल कारोबार रकम २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १३३ रुपैयाँ पुगेको हो।

बैंकिङ समूह १.३८ प्रतिशतले, विकास बैंक ०.०८, वित्त २.२६, जलविद्युत् ०.४२, लगानी ०.१६, उत्पादन तथा प्रशोधन १.१२, लघुवित्त ०.०२ र व्यापार समूह ०.५० प्रतिशतले घटेका छन्।

त्यसैगरी, होटल तथा पर्यटन समूह १.२४, जीवन बीमा १.४०, म्युचुअल फन्ड ०.२५, निर्जीवन बीमा १.३७ र अन्य समूह ३.३६ प्रतिशतले उकालो लागेका छन्।

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र सान्भी इनर्जी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ।

अर्कोतर्फ, समृद्धी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै, ८.८८ प्रतिशतले घटेको छ।

कारोबार रकमको आधारमा नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेड अगाडि रहेको छ। यस कम्पनीको कुल ९८ करोड ५५ लाख ५२ हजार ९८९ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

शेयर सङ्ख्याको हिसाबले सबैभन्दा धेरै सिटिजन्स सुपर–३० म्युचुअल फन्डका ३१ लाख ७ हजार २०० कित्ता शेयर किनबेच भएका छन्।

प्रतिक्रिया