साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालको चौथो जित


काठमाडौं – साफ यू २० महिला च्याम्पियनसिपको खेलमा शनिबार नेपालले भुटानलाई हराएको छ । सहजै भुटानलाई पाखा लगाउने क्रममा बंगलादेशको ढाकामा भएको खेलमा नेपालले ८ गोल गर्‍यो । नेपालका लागि दुई खेलाडीले ह्याट्रिक गरे । पहिलो हाफमा नेपालले ६ गोल हानेको थियो भने दोस्रो हाफमा थप दुई गोल भयो । र, नेपालले गोल खाएन ।

यो जितसँगै आयोजक बंगलादेशलाई उछिन्दै नेपाल शीर्ष स्थानमा उक्लिएको छ । नेपालले ५ खेलबाट १२ अंक पुर्‍याएको छ ।

एक खेल कम खेलेको बंगलादेशको पनि समान अंक छ । तर, गोलअन्तरमा नेपाल अगाडि छ । नेपालले ३० गोल गर्दा ४ गोल खाएको छ । बंगलादेशले भने १९ गोल गर्दै ४ गोल खाएको छ। अब सोमबार नेपाल र बंगलादेशबीच हुने खेलको विजेताले उपाधि जित्नेछ ।

प्रतिक्रिया