ब्रेक फेल भएर काभ्रेमा बस दुर्घटना हुँदा २३ यात्रु घाइते


काभ्रे – काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–८ पौवास्थित भित्री सडक खण्डमा शनिबार दिउँसो यात्रु बाहक बस दुर्घटनामा परेको छ । रामेछापबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस शनिबार दिउँसो दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन् ।

प्रारम्भिक अनुसन्धानमा बसको ब्रेक फेल भएर भित्तामा ठोक्किन पुगेको खुलेको प्रहरीले जनाएको छ । बसमा ३२ जना सवारकोमा अन्यको अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रतिक्रिया