
आफैं आफैंलाई बढुवा गर्ने यी हाकिम
बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम सागर शाह आफैँले आफ्नो बढुवा गरेका छन्। सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको विवादास्पद स्थानीय सेवा ऐन, २०८१ लागु भएसँगै उनले आफ्नै सिफारिसमा आफूलाई अधिकृत सातौँ तहमा पदोन्नति गरेका हुन्।
शाह २०५३ साल साउन २४ गते स्वास्थ्य सहायक (अहेव) पदमा नियुक्त भएका थिए। उनी हालसम्म छैटौँ तहका सिअहेव पदमा कार्यरत थिए। तर सुदूरपश्चिम प्रदेशको स्थानीय सेवा ऐन, २०८१ को दफा ९ को उपदफा ४ लाई आधार मानी उनले आफैँलाई सातौँ तहमा बढुवा गरेका हुन्।
शाहले आफ्नो पहिलो नियुक्ति मितिलाई आधार मानेर २०५३ साल साउन २४ गतेदेखि नै जनस्वास्थ्य अधिकृतका रूपमा जेष्ठता कायम हुने गरी पदोन्नति गरेको उल्लेख गरेका छन्। यो निर्णयले अहिले कर्मचारीतन्त्रमा व्यापक चर्चा र विवाद सिर्जना गरेको छ।




कागजपत्र |
