
तीन दिनसम्म यी नदीहरूमा बाढीको सम्भावना, सतर्क रहन विभागको आग्रह
काठमाडौंं – जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका अधिकांश प्रमुख नदीहरूको जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ। यसका साथै, आज देशका विभिन्न जिल्लाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार, कोशी, नारायणी, कर्णाली, महाकाली लगायतका प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तलै रहेको छ। तर, आगामी तीन दिन यी नदीहरूको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ। कमला र बागमती नदीमा भने आज र भोलि बहाव सामान्य बढ्ने र पर्सी उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ।
महाशाखाले आज ससाना नदीहरूमा बाढीको जोखिम औँल्याएको छ। पूर्वानुमान अनुसार, ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर र आसपासका जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।
त्यसैगरी, इलाम, झापा, पाँचथर, तेह्रथुम, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी (पूर्व र पश्चिम), लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, पर्वत, अर्घाखाँची, दाङ, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, अछाम, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर, दार्चुला र आसपासका जिल्लाहरूमा पनि स(साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहनेछ।
२०८२ असार ३१ गते (मंगलबार)
दिउँसोः देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ।
रातीः देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशको थोरै स्थानहरुमा हावाहुरिको पनि सम्भावना रहेको छ।
२०८२ असार ३२ गते (बुधबार)
दिउँसोः देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशको केही स्थानहरुमा हावाहुरिको पनि सम्भावना रहेको छ।
रातीः देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशको केही स्थानहरुमा हावाहुरिको पनि सम्भावना रहेको छ।
२०८२ साउन ०१ गते (बिहीबार)
दिउँसोः देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेशका केही स्थानहरुमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेसको तराईका थोरै स्थानहरुमा हावाहुरिको पनि सम्भावना रहेको छ।
रातीः देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराईका केहि स्थानहरुमा हावाहुरिको पनि सम्भावना रहेको छ।



कागजपत्र |
