बबई नदीमा डुबेर दुई युवक बेपत्ता


दाङ- बबई गाउँपालिकास्थित पुरन्धारा छहरा नजिक बबई नदीमा पौडी खेल्ने क्रममा दुई युवक डुबेर बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा तुलसीपुरका कुशल बुढामगर र विधान केसी रहेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख इन्सपेक्टर खिमबहादुर खड्काले जानकारी दिए।

प्रहरीका अनुसार दुवैजना कलेज पढ्ने विद्यार्थी हुन्। उनीहरू बेपत्ता भएपछि खोजी कार्य जारी रहेको जनाइएको छ।

प्रतिक्रिया