
महिला भलिबलमा ऐतिहासिक अक्सन, इडब्लुभीएलको दोस्रो संस्करण साउन २ मा सुरु हुँदै
काठमाडौं- नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीहरूका लागि फ्रेन्चाइज लिग अन्तर्गत अक्सन हुने भएको छ। वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल)को दोस्रो संस्करणका लागि साउन २ गते काठमाडौंमा अक्सन कार्यक्रम आयोजना हुने लिग आयोजक इन्फिनिटी ड्रिम्सले जनाएको छ।
प्रत्यक्ष बोलकबोल प्रणालीमार्फत फ्रेन्चाइज क्लबहरूले राष्ट्रिय तथा नवप्रतिभावान खेलाडीहरूलाई अनुबन्ध गर्नेछन्। आयोजकका अनुसार यो अक्सन नेपाली महिला भलिबलको व्यावसायिक युगतर्फको ऐतिहासिक कदम हो।
इन्फिनिटी ड्रिम्सकी सिईओ स्नेभी चापागाईंका अनुसार महिला भलिबलको इतिहासमै पहिलो पटक यस्तो अक्सन हुन लागेको हो। “यो कार्यक्रम नेपाली भलिबलको लागि ऐतिहासिक हुनेछ,” उनले भनिन्।
इडब्लुभीएलको दोस्रो संस्करण भदौ २० गतेदेखि सुरु हुने तय भएको छ। प्रतियोगितामा साविक विजेता कर्णाली यशवीस, गण्डकी थन्डर्स, चितवन शक्ति, ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स र मधेश युनाइटेड टिमले प्रतिस्पर्धा गर्नेछन्।
पहिलो संस्करणको उपाधि कर्णाली यशवीसले जितेको थियो।



कागजपत्र |
