अन्तिम सेकन्डमा सम्हालिन नसक्दा नेपाल पराजित


काठमाडौं – अन्तिम सेकेन्डमा सम्हालिन नसक्दा नेपाल साफ यु–२० महिला च्याम्पियनसिपमा बंगलादेशसँग पराजित भएको छ।

बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा आइतबार सम्पन्न खेलमा घरेलु टोलीले ३–२ को कठिन जित हात पारेको हो। लगातारको दोस्रो जितसँगै बंगलादेशले उपाधि सम्भावना बलिएको बनाएको छ।

बंगलादेशले पहिलो खेलमा श्रीलंकामाथि ९–० को फराकिलो जित निकाल्दै सानदार सुरुआत गरेको थियो।

बंगलादेशलाई पराजित गर्दै नेपाललाई शीर्ष स्थानसँगै उपाधि सम्भावना बलियो बनाउने मौका थियो। तर, भुटानमाथि ६–० को सानदार जित हात पारेको नेपाल अन्तिम ५ सेकेन्डमा डिफेन्स लाइनमा नराम्ररी चुम्यो।

योसँगै नेपालको उपाधि सम्भावना कमजोर बनेको छ। यद्यपि, नेपालले माल्दिभ्स र श्रीलंकासँग खेल्न बाँकी छ। बंगलादेशले पनि भुटान र माल्दिभ्ससँग खेल्न बाँकी छ। यी सबै टोली बंगलादेश र नेपालको तुलनामा कमजोर हुन्।

प्रतिक्रिया