
फिफा क्लब विश्वकपको उपाधिका लागि आज चेल्सी र पीएसजी खेल्दै
काठमाडाैं- फिफा क्लब विश्वकपको उपाधिका लागि आज राति चेल्सी र पेरिस सेन्ट जर्मेइन (पीएसजी) खेल्दैछन् । फाइनल खेल न्यु जर्सीको मेटलाइफ स्टेडियममा राति पौने १ बजे शुरू हुनेछ ।
सेमिफाइनलमा चेल्सीले र फ्लुमिनेन्सलाई र पीएसजीले रियल मड्रिडलाई हराएका थिए । इङ्ग्लिस क्लब चेल्सीले सन् २०२१ मा पहिलो पटक उपाधि जितेको थियो । फ्रेन्च क्लब पीएसजी अहिलेसम्म उपाधिविहीन छ ।
स्पेनी क्लब रियल मड्रिडले सबैभन्दा धेरै ५ पटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ । यस्तै अर्काे स्पेनी क्लब बार्सिलोना ३ पटकको विजेता हो ।



कागजपत्र |
