जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु


मोरङ – मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

बेलबारी नगरपालिका-८ बाँसबारीकी अन्दाजी ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।

अमिनासहित ३५ वर्षीया बन्दना राजवंशी आफ्नै घरनजिकको खेतमा पानी लगाउन गएका बेला बिहान ३ बजेतिर हात्तीले अमिनालाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।

हात्तीले आक्रमण गर्दा अमिना गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल ल्याइएको थियो । उपचारका क्रममा बिहान ८:४० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

बन्दनाले भने भागेर ज्यान जोगाएकी छन् । स्थानीयले होहल्ला गर्न थालेपछि हात्ती जंगलतिर लागेको थियो ।

प्रतिक्रिया