गृहमन्त्री बादलले गरे गृहमन्त्रालय सर्न लागेको भवनको निरीक्षण (फोटोफिचर)


काठमाडौं– प्रधानमन्त्री कार्यालय रहेको भवनमा वैशाख १ गतेदेखि गृहमन्त्रालय सर्ने भएको छ । गृहमन्त्रालय सर्न लागेको भवनको आज गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निरीक्षण गरेका छन् ।

०७२ वैशाख १२ भूकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय तत्कालिन संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको भवनमा सरेको थियो ।

सोही भवनबाट हालसम्म प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको काम कारर्वाही हुँदै आएको थियो ।

डेढ महिनाअघि सिंहदरबारको पुर्वी भवनको पुन निमार्ण सम्पन्न भएपछि प्रधानमन्त्री कार्यालय पुरानै स्थान सिंहदरबारको पुर्वी भवनमा सरेको छ । अहिले प्रधानमन्त्री कार्यालय रहेको भवनमा भने गृहमन्त्रालय सर्न लागेको हो ।

हाल गृहमन्त्रालय रहेको केही भवनहरु पुननिर्माण गर्ने तथा केही भवन भत्काएर नयाँ भवन बनाउने तयारी छ ।

प्रतिक्रिया