
रसुवा बाढीमा फसेकाहरूको उद्धार जारी
रसुवा- २४ असारको मध्यराति आएको विनाशकारी बाढीले रसुवाको भोटेकोशी नदी आसपासका क्षेत्रलाई तहसनहस बनाएको छ।
धुन्चेदेखि टिमुरे हुँदै रसुवागढीसम्मको सडक अवरुद्ध भएको छ भने मितेरी पुल बगाएपछि नेपाल–चीन व्यापार पूर्णरूपमा ठप्प छ।
हालसम्म ४८५ जनाको पदमार्गमार्फत सुरक्षित उद्धार गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार जारी छ।
बाढीमा परेर हालसम्म ३ प्रहरीसहित १४ जना नेपाली र ६ जना चिनियाँ नागरिक बेपत्ता छन्। ४ जनाको शव र ५ वटा मानव अंग फेला परेका छन्।
बाढीले रसुवागढी जलविद्युत आयोजनाको संरचना, भन्सार कार्यालय, ईभी चार्जिङ स्टेसन, दर्जनौं कन्टेनर, गाडी र मेसिनहरू बगाएको छ।
१६५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ। विद्युत् अवरुद्ध हुँदा संचार सेवा पनि प्रभावित भएको छ।



कागजपत्र |
