राप्तीमा फसेका ३ जनाको सकुशल उद्धार


काठमाडौं – बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ ।

उद्धार गरिएकाहरूमा सोही गाउँपालिका गाउँपालिका–५ बस्ने ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वली रहेका छन् । उनीहरु सबैको अवस्था सामान्य छ ।

उनीहरुलाई सशस्त्र प्रहरीले बुधबार सकुशल उद्धार गरेको हो । गाईवस्तु चराउन गएका उनीहरू राप्ती नदीमा एक्कासी आएको बाढीको कारण नदीको बीच टापुमा फसेका थिए ।

प्रतिक्रिया