
भारतकाे गुजरातमा पुल भत्किँदा ९ को ज्यान गयो
काठमाडौं- भारतको गुजरातस्थित महिसागर नदीमाथिको एक पुरानो पुल भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ।
दुर्घटनाको तस्बिरहरूमा पुलबाट थुप्रै सवारीसाधन नदीमा खसेको देखिन्छ। सामाजिक सञ्जालमा आधा भत्किएको पुलमा ट्रक झुन्डिएको भिडिओ भाइरल भइरहेको छ।
४३ वर्ष पुरानो भनिएको उक्त पुल बडदरा र आनन्द क्षेत्रलाई जोड्ने मुख्य यातायात मार्ग हो। अत्यधिक ट्राफिकका बीच पुल भत्किँदा ठूलो मानवीय क्षति भएको छ।
घटनापछि प्रहरी र स्थानीय बासिन्दाहरू उद्धारमा खटिएका छन्। घटनास्थल वरपरको यातायात सेवा अवरुद्ध भएको छ भने प्रहरीले वैकल्पिक मार्गतर्फ सवारी डाइभर्ट गरेको छ।
गुजरातमा पछिल्ला केही दिनदेखि लगातार भारी वर्षा भइरहेको छ, जसका कारण पुलको संरचना कमजोर भई भत्किएको हुनसक्ने अनुमान गरिएको छ।



कागजपत्र |
