
कांग्रेस सभापति देउवा बालुवाटारमा, पूर्णबहादुर र लेखक पनि सहभागी
काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न केही बेरअघि बालुवाटार छिरेका हुन् ।
देउवाको साथमा उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी छन् । एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि सहभागी छन् ।
हिजो सकिएको कांग्रेसको बैठकले एमालेसँगको सहकार्यलाई निरन्तरता दिनुपर्ने भएपनि सरकारको गति बढाउनुपर्ने निष्कर्ष निकालेको थियो ।
सातबुँदे सहमति कार्यान्यन नभएको भन्दै कांग्रेसमा सरकारको चर्को आलोचना भएको थियो ।



कागजपत्र |
