
ह्याचरी संघद्वारा असार २९ सम्म कुखुरा चल्ला बिक्री बन्द
चितवन — नेपाल ह्याचरी उद्योग संघले असार २९ गतेसम्मका लागि कुखुराको चल्ला उत्पादन तथा बिक्री वितरण स्थगित गरेको छ। संघमा आवद्ध उद्योगहरूले ब्रोइलर र कलर ब्रोइलर (कोइलर) कुखुराको चल्ला उत्पादन र बिक्री पूर्ण रूपमा रोक्ने निर्णय गरेका हुन्।
संघका अनुसार किसानहरूले उत्पादन लागतअनुसारको मूल्य नपाएपछि असन्तुष्टि जनाउँदै संघले एक हप्ताका लागि चल्ला उत्पादन तथा बिक्रीवितरण बन्द गर्ने निर्णय लिएको हो।



कागजपत्र |
