
असार २२ देखि २७ गतेसम्म सुनचाँदी पसल बन्द हुने
काठमाडौं – सुनचाँदी र हिराका गहनामा लगाइएको अव्यवहारिक करको विरोधमा व्यवसायीहरूले असार २२ देखि २७ गतेसम्म देशभर संयुक्त विरोध कार्यक्रम गर्ने भएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्तरूपमा आन्दोलनको तालिका सार्वजनिक गरेका हुन्। विरोधका क्रममा सम्बन्धित पसल तथा व्यवसाय बन्द रहने जनाइएको छ।
व्यवसायीहरूले ‘विलासिता कर’ खारेज नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। साथै, साउन १ गतेदेखि अनिश्चितकालीन पसल बन्द गर्ने घोषणा गरिसकेका छन्।



कागजपत्र |
