
आजदेखि सवारी चालक अनुमतिपत्र सम्बन्धी सबै सेवा बन्द
काठमाडौं – सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सबै सेवा आजदेखि बन्द गरिएको छ। यातायात व्यवस्था विभागले सूचना जारी गर्दै प्रणालीमा समस्या आएको जनाउँदै सबै सेवा बन्द गरिएको जानकारी दिएको हो।
विभागले जारी गरेको सूचनामा भनिएको छ, “सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली)हरू बन्द गरिएको व्यहोरा जानकारी गराइन्छ।”
विभागका अनुसार प्रणालीमा आएको प्राविधिक समस्याको समाधानका लागि काम भइरहेको छ। अर्को सूचना जारी नभएसम्म सेवा बन्द रहने पनि सूचनामा उल्लेख छ।




कागजपत्र |
