
शाैचालय जाँदै गरेका लिम्बुले गुमाए हात्तीको आक्रमणमा ज्यान
झापा – झापाको बिर्तामोडमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
बिर्तामोड नगरपालिका–७ का ५९ वर्षीय लोकप्रसाद लिम्बूको बिहीवार बिहान (आज) हात्तीको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको छ । बिहान करिब ३ बजे शौचालय जाँदै गर्दा लिम्बूलाई जंगली हात्तीले आक्रमण गरेको थियो ।
यसअघि असार ६ गते मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट अर्का एक जनाको ज्यान गएको थियो ।
झापामा प्रत्येक वर्ष हात्ती आक्रमणका घटनाहरू बढ्दै गएका छन् । चालु आर्थिक वर्षको अवधिमा मात्रै झापामा जंगली हात्तीको आक्रमणबाट ६ जनाले ज्यान गुमाइसकेका छन् ।



कागजपत्र |
