
मलेसियाविरुद्ध फिल्डिङ गर्दै नेपाल
काठमाडौं – एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा साबिक विजेता नेपालले घरेलु टोली मलेसियाविरुद्ध सेमिफाइनलमा पहिले फिल्डिङ गर्ने भएको छ।
सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर बलिङ रोजेका हुन्। खेल पौने ८ बजे सुरु हुने छ।
समूह चरणको खेलमा शत प्रतिशत जित निकाल्दै नेपाल समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालले भुटानलाई २ सय ९८ रनको फराकिलो अन्तरले पराजित थियो भने इन्डोनेसियामाथि ३ सय ७० रनको जित तथा सिंगापुरलाई ६ विकेट र जापानमाथि ९ विकेटको जित निकालेको थियो।



कागजपत्र |
