साम्बाको ह्याट्रिकसँगै श्रीलंकाविरुद्ध नेपाल ८-०ले विजयी


काठमाडौं — एएफसी एसियन कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेको छ ।

उज्वेकिस्तानमा भएको खेलमा नेपालले श्रीलंकालाई ८—० गोलअन्तरले पराजित गर्यो ।

नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक पूरा गरिन् । उनले खेलको २० औं, ४२औं र पहिलो हाफको इन्जुरी समयमा गोल गरिन् ।

गीता रानाले २, पूजा राना, निशा थोकर र रेखा पौडेलले एकएक गोल गरे । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा थप ४ गोल गर्यो । गीताले खेलको सातौं र ५४औं, पूजाले ८९औं, निशाले ६२औं र रेखाले ७८औं मिनेटमा गोल गरेका थिए ।

प्रतियोगिताको यसअघिको खेलमा नेपालले लाओसलाई ९–० ले पराजित गरेको थियो ।

अब नेपालले शनिबार उज्जेविकस्तानसँग खेल्नेछ ।

 

प्रतिक्रिया