
बेङ्गलुरु भागदौड घटनामा आरसीबी नै जिम्मेवार
काठमाडाैं- भारतको केन्द्रीय प्रशासनिक न्यायाधिकरण (सीएटी) ले गत जुन ४ मा चिन्नास्वामी रङ्गशालाबाहिर भएको जनधनी भीड व्यवस्थापनमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)लाई जिम्मेवार ठहर गरेको छ। सीएटीको दुई सदस्यीय बेन्चले आरसीबीले विजय उत्सवका लागि आवश्यक सरकारी अनुमति र स्वीकृति नलिएको भन्दै कार्यक्रम अराजकतापूर्ण रूपमा सञ्चालन गरेको ठहर गरेको हो।
क्रिकेटसम्बन्धी अन्तर्राष्ट्रिय वेबसाइट क्रिकइन्फोका अनुसार, आरसीबीले पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको भोलिपल्ट विजय उत्सव आयोजना गर्दा सुरक्षा निकायसँग समन्वय नगरिएको पाइएको छ।
उक्त दिन रङ्गशालाबाहिर करिब ३ देखि ५ लाख मानिसको भीड जम्मा भएको थियो। प्रहरी प्रशासनले स्थिति नियन्त्रणमा लिन नसक्दा भागदौड मच्चिएको थियो। घटनामा ११ जनाको ज्यान गएको थियो भने ५० जनाभन्दा बढी घाइते भएका थिए।



कागजपत्र |
