दैनिक २० किलो सुन आयात गर्न सकिने गरी कार्यविधि संशोधन


काठमाडौं – नेपाल राष्ट्र बैंकले अब दैनिक २० किलोग्रामसम्म सुन आयात गर्न सकिने गरी कार्यविधि संशोधन गरेको छ । यसअघि दैनिक १५ किलोग्रामसम्म सुन आयात गर्न सकिने कानुनी व्यवस्था थियो।

राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै सुन आयात तथा बिक्रीसम्बन्धी कार्यविधि ०६८ मा संशोधन गर्दै आयात गर्न सकिने सुनको दैनिक परिमाणलाई २० किलोग्राम कायम गरेको जनाएको छ ।

व्यवसायीले दैनिक माग बढिरहेको र मागअनुसार आपूर्ति हुन नसकेको भन्दै आयातको कोटा बढाउन माग गर्दै आएका थिए

gold

प्रतिक्रिया