विनयी खोलाको डाइभर्सन बाढीले बगायो, पूर्वपश्चिम राजमार्ग अवरूद्ध


काठमाडौं — पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्कीबासस्थित विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएको छ ।

मालवाहक सवारीका लागि निर्माण गरिएको डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको छ ।

यात्रुवाहक र साना सवारीले प्रयोग गर्दै आएको वैकल्पिक सडक पनि अवरुद्ध भएपछि यात्रुले सास्ती भोगिरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालका अनुसार आज बिहान परेको वर्षाका कारण बाढी आउँदा सडक अवरुद्ध भएको हो ।

वैकल्पिक मार्गको सर्दीमा खरङ्गे खोलामा पानीको सतह बढेपछि यातायात सञ्चालनमा रोक लगाइएको छ ।

प्रतिक्रिया