एसईईको रिजल्ट आयो


काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको केही बेरअघि बसेको बोर्ड बैठकको निर्णयअनुसार रिजल्ट प्रकाशित गरिएको हो । एसईई-२०८१ को नतिजासम्बन्धी विवरण SMS, IVR, तथा WEBSITE बाट हेर्न सकिन्छ ।

एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।

यसवर्षको एसइईमा ५ लाख १४ हजार ७१ परीक्षार्थी सामेल थिए ।

यसरी हेर्न सकिन्छ नतिजा 

 

प्रतिक्रिया