डिश होमको नयाँ ‘खुशीको उडान’ योजनामा जित्नुहोस् बैंकक जाने मौका


काठमाडाैं – डिश होमले नेपालीहरुको विभिन्न उत्सवहरुलाई मध्यनजर गर्दै ‘खुशीको उडान’ योजना सुरु गरेको छ । आफ्ना सक्रिय ग्राहकहरुलाई अझै गुणस्तरीय सेवा दिने लक्ष्यका साथ यस योजना अघि सारिएको हो ।

यस योजनाले हरेक सक्रियग्राहकहरुलाई हरेक बिहीबार खास उत्साह र खुशी प्रदान गर्नेछ । यस योजनाअन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्रबाट दुई भाग्यशाली जोडीहरुले बैंककको भ्रमण गर्न सक्ने छन् ।

लक्की ड्रमा सहभागीता जनाउनलाई ग्राहकहरुले आफ्नो सदस्यतालाई डिश होमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट टप अप गर्नु पर्नेछ । साथै इ–वालेट एप्स र रिचार्ज कार्डहरुबाट रिचार्ज गरेर पनि ग्राहकहरु यस योजनामा सहभागी हुन सक्ने छन् ।लक्की ड्रको घोषणा हरेक बिहीबार हुनेछ ।

लक्की ड्रको विजेताहरुको घोषणा ग्राहकहरुको सेटअप बक्समा भएको CAS ID को आधारमा गरिनेछ । लक्की ड्रको सुरुवात चैत २६, २०७७ देखि हुनेछ भने डिशहोमका रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी र डिशहोम सोकेस च्यानलहरुमा हरेक बिहीबार पाँच बजे प्रत्यक्ष प्रसारण पनि गरिनेछ ।

सक्रिय ग्राहकहरुलेआफ्नो नजिकैको डिशहोम डिलर वा डिश होम ग्राहक सेवा केन्द्रमा सम्पर्क गरी योजनाका बारेमा थप आधिकारिक जानकारी प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया