
खोलाकिनारको मापदण्ड खारेजको माग गर्दै प्रदर्शन
काठमाडौं – खोला किनारको ४० मिटर वारपार संरचना बनाउन नपाउने मापदण्डविरूद्व प्रदर्शन भएको छ ।
काठमाडौँको माइतीघर मण्डलामा बिहीबार प्रभावित स्थानीयले प्रदर्शन गरेका हुन् । मापदण्ड खारेज गर्न उनीहरूले माग राखेका हुन् ।
प्रभावितहरुले बिहीबार काठमाडौँको माइतीघर मण्डलामा ‘गैर न्यायिक, गैर संवैधानिक खोला मापदण्ड खारेज गर’ भन्दै खबरदारी गरेका हुन् ।
२०६५ मंसिर १ मा खोला किनारमा २० मिटर खुला छाड्नुपने आदेश गरेको सर्वोच्चले २०८० पुस ३ मा थप २० मिटर छाड्नुपर्ने परमादेश जारी गरेको थियो ।
खोला किनारमा ४० मिटर छोड्नुपर्ने सर्वोच्चको परमादेशलाई कार्यान्वयन गर्न काठमाडौँ महानगरले सूचना जारी गरेको थियो ।



कागजपत्र |
