
बागमती नदी किनारमा पुरुषको शव फेला
काठमाडौं- काठमाडौंको बागमती नदी किनारमा एक पुरुषको शव फेला परेको छ। मृतकको पहिचान ललितपुर महानगरपालिका–१४ थसिखेलका ३७ वर्षीय निरोज ढुङ्गाना भएको प्रहरीले पुष्टि गरेको छ।
शव दक्षिणकाली नगरपालिका–१ स्थित भैँसीबजारको बागमती किनारमा फेला परेको हो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।



कागजपत्र |
